फुमिओ किशिदा जापानका नयाँ प्रधानमन्त्री

फुमिओ किशिदा जापानका नयाँ प्रधानमन्त्री

  • सोमवार, अशोज १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

टोकियो, १८ असोज ।  जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुर्नस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन् ।

टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने उनले बताएका छन् । कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो ।

आगामी नोभेम्बरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ