काबुलमा मस्जिद बाहिर बम विस्फोट

काबुलमा मस्जिद बाहिर बम विस्फोट

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, १७ असोज। अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित ईदगाह मस्जिदअगाडि भएको विस्फोटमा कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कैयौं घाइते हुनेगरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन । यद्यपि इस्लामिक स्टेटले गरेको आशंका गरिएको छ । घाइतेहरूलाई काबुलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

तालिबानका प्रवक्ता जबीउल्लाहह मुजाहिदले ट्विटरमार्फत मस्जिदको गेटबाहिर विस्फोट भएको पुष्टि गरेका छन् । प्रत्यक्षदर्शीले विस्फोटपछि गोली चलेको उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ