ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमान

ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमान

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, १६ असोज । चीनीया जनमुक्ति सेनाले ताईवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु विमान एकसाथ उडाएको छ ।

चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे-१६, चार सुखाइ-३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच-६बम्बर्स र एउटा एन्टी(सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ । तर, यसबारे चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन ।

ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटकपटक लगाउँदै आएको छ ।
चीनले ताईवान आफ्नै सार्वभौम क्षेत्र मान्दै आएको छ । सन् १९४० अक्टोबर १ मा कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएपछि भागेका च्याङकाई शेक ताईवानमा गएर बसेदेखि सो क्षेत्रको विवाद कायम रहेको छ ।
ताईवानलाई अमेरीकाको साथ सहयोग रहँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ