सिओल, १४ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी बहिनीलाई राज्य मामिला आयोगमा बढुवा गराएका छन्। उनले बहिनी किम यो जोङलाई सल्लाहकारबाट मुलुकको सरकारी निकाय स्टेट अफेयर कमिसन (राज्य मामिला आयोग)को प्रमुखमा नियुक्त गरेका हुन्।
किम योले लामो समयसम्म आफ्ना दाइको निकट लेफ्टिनेन्टको भूमिका निभाउदै आएकी थिइन्। आज उनलाई राज्य मामिला आयोगको प्रमुखमा नियुक्त गरेको स्थानिय मिडियामा समाचार छापिएको छ।
किमलाई उत्तर कोरियाको पहिलो महिला नेतृसमेत मानिने बताउँदै आएका छन्। तर विश्लेषकहरुले भने पदको अवहेलना हुने सम्भावना प्रवल रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्। कतिपय विश्लेषकहरुले भने उत्तर कोरियाका नेता किमले बहिनीको बढुवा गरेकोमा सकारात्मक प्रतिक्रिया जनाएका छन्।
सिओलको एकीकरण मन्त्रालयका अनुसार सन् १९८८ मा जन्मिएकी किमकी बहिनी यो जोङ तेस्रो सन्तान हुन्। उनले आफ्ना दाइसँगै स्विजरल्याण्डबाट शिक्षा ग्रहण गरेकी हुन् भने आफ्नो बुवाको निधनपछि दाजुबहिनीले सत्तारोहण गरेका थिए।