कन्हैया कुमार कंग्रेसमा प्रवेश

कन्हैया कुमार कंग्रेसमा प्रवेश

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नयाँदिल्ली, १२ एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता तथा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का पूर्वविद्यार्थी नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै दलित युवा नेता जिग्नेश मेभानी पनि कंग्रेसमा प्रवेश गरे ।

आज नयाँदिल्लीस्थित अल इन्डिया कंग्रेस कमिटीको मुख्यालयमा औपचारिक कार्यक्रमबीच उनीहरु पार्टी प्रवेश गरेका हुन् । युवा नेताद्वयलाई कंग्रेसका नेता राहुल गान्धीले औपचारिक रुपमा पार्टी प्रवेश गराएका थिए ।

कन्हैयाको पार्टी प्रवेश समारोहमा कंग्रेसको पार्टी कार्यालय अगाडि उनको स्वागतार्थ लेखिएको ब्यानर टांगिएको थियो । कन्हैयाले कंग्रेसमा प्रवेश गर्नुअघि नेता राहुल गान्धी र प्रियंका गान्धीलाई पटक पटक भेट गरेका थिए ।

संसद् भवन हमलाको दोषीको रुपमा मृत्युदण्ड पाएका अफजल गुरुको स्मृतिसभामा २०१६ मा जेएनयूमा भएको कार्यक्रममा राष्ट्रविरोधी नारा लगाएको भन्दै कन्हैया कुमार पक्राउ परेका थिए । तर आरोप प्रमाणित हुन नसक्दा उनी रिहा भएका हुन् । कन्हैया कुमारसँगै दलित नेता जिग्नेश मेभानी पनि कंग्रेसमा प्रवेश गरेका छन् । जिग्नेश वकिल र पूर्वपत्रकार समेत हुन् । उनी दलित समुदायमा निकै लोकप्रिय युवा नेताको रुपमा चिनिन्छन् ।

धाराप्रवाह वाककला भएका युवा नेता कन्हैया कुमार २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायबाट कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका थिए । भाजपाका नेता गिरिराज सिंहसँग उनी पराजित भएका थिए ।

ुपृथकतावादीु ुराष्ट्रद्रोहीु जस्ता अनेक आरोपका बाबजुद कन्हैया कुमारलाई भारतीय राजनीतिमा लामो राजनीतिक भविष्य बोकेको नेताको रुपमा हेरिएको थियो । तर कंग्रेसमा प्रवेश गरेसँगै उनी व्यापक रुपमा आलोचित बनेका छन् ।

उनले राजनीतिक महत्वाकांक्षाका लागि आफ्नो विचार र पार्टी नै परिवर्तन गरेको भन्दै चौतर्फि आलोचना भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ