उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्यो, कोरियाली प्रायद्विप पुनः अशान्त बन्ने खतरा

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्यो, कोरियाली प्रायद्विप पुनः अशान्त बन्ने खतरा

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सिओल, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उसले पूर्वी सामुद्रिक तटीय क्षेत्रमा मंगलबार बिहानै क्षेप्यास्त्र प्रहार गरेको हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि पुनः कोरियाली प्रायद्विपमा अशान्त बन्ने देखिएको छ । राष्ट्र संघको महासभामा उत्तर कोरियाली राजदूतले आत्मारक्षाका लागि हतियारको परीक्षण गर्न प्योङयाङको अधिकार कसैले नकार्न नमिल्ने बताएका थिए । सो लगत्तै उत्तरले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको हो ।

केही दिनअघि मात्र उत्तरले दक्षिणसँग वार्ता गरी शान्ति सम्झौता गर्न सकिने बताएको थियो ।

क्षेप्यास्त्र प्रहारको घटनालाई लिएर दक्षिण कोरियासहित अमेरिका र जापानले विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ