जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ। सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल आजबाट राजनीतिबाट बिदा लिँदैछिन् ।
६७ वर्षीया मर्केलले यसअघि नै यो चुनावमा आफू नलड्ने बताएकी थिइन्।
जर्मनीको चान्सलरका लागि अहिले तीन जना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन्।
मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर बन्ने दौडमा छन्।
मर्केलले जर्मनीलाई सफल नेतृत्व गरेको भन्दै उनको प्रसंसा हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline