भारतको दिल्ली स्थित रोहिणी अदालतमा दिन दहाडै गोली हानी डन गोगीको हत्या भएको छ । जेलबाट अदालत ल्याईएका उनको अदालतभित्रै हत्या भएको थियो । गोगीलाई तीन गोली लागेको थियो । लगत्तै प्रहरी कार्बाहीमा उनीमाथि गोली चलाउने दुई आक्रमणकारी पनि मारिएका छन् ।
आक्रमणकारी वकिलको पहिरनमा ईजलाश परिसरमा छिरेर गोली चलाएका थिए । तिल्लु गिरोहले उनको हत्या गरेको बताईएको छ । गोली चलेपछि मानिसहरुको भागाभाग भएको थियो । सो क्रममा केही घाईते समेत भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline