अमेरीका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता पछि फ्रान्स रुष्ट, आफ्नो राजदुत फिर्ता बोलायो

अमेरीका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता पछि फ्रान्स रुष्ट, आफ्नो राजदुत फिर्ता बोलायो

  • शनिबार, अशोज २, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

अमेरीका, बेलायत र अष्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको बिरोध गर्दै फ्रान्सले अष्ट्रेलिया र अमेरीकाबाट आफ्नो राजदुत फिर्ता बोलाएको छ ।
फ्रान्सका बिदेशमन्त्री ज्या ईवरेले यो सम्झौताले असाधारण परिस्थितिको संकेत गरेको टिप्पणी गरेका छन् । उनको यो सम्झौता अस्वीकार्य भएको भन्दै यसले र्ईन्डो प्यासेफिक क्षेत्रमा यूरोपको भूमिका प्रभावित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
यो सम्झौतापछि फ्रान्ससँग अष्ट्रेलियाबीच भएको अर्बौ डलरको सम्झौता समाप्त भएपछि फ्रान्स चिढिएको हो । २०१६ मा भएको सम्झौता अनुसार ३७ अर्ब डलरमा फ्रान्सले १२ वटा पनडुब्बी अष्ट्रेलियाका लागि बनाउनु पर्ने थियो ।
ती देशबीच भएको सम्झौता अनुसार अष्ट्रेलियालाई परमाणु पनडुब्बी बनाउन प्रविधि दिईने छ । यसको बिरोध चीनले गरीरहेको छ । एशिया तथा प्रशान्त क्षेत्रमा चीनलाई काउन्टर दिन अकुस नामक सम्झौताले हतियारको होड र युद्धको आशंका बढ्ने भन्दै चिन्ता जनाउन थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ