चीनको सिचुवानमा आज बिहान ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान भूकम्प गएको हो।
भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।
भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ। अहिलेसम्म ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline