ईजरायल जाने एक हजार कामदार छनौटका लागि भाषा परीक्षा आज, ७ हजारले भाग लिँदै

ईजरायल जाने एक हजार कामदार छनौटका लागि भाषा परीक्षा आज, ७ हजारले भाग लिँदै

घुस र कमिसन खुवाएर नाम निकाल्नेतिर नलागौँ !

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं। इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन् ।
इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो ।

रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।

भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।

वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएको छ ।
प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको निर्देशक कमलप्रसाद ज्ञवालीको दाबी छ । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।
८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।
केही परीक्षा दिने तयारी गरेका युवाहरुले विभिन्न च्यानलबाट १० देखि १५ लाख भए ईजरालय जाने ग्यारेन्टी गरिदिन्छौँ भन्नेहरु समेत भेटिएको बताएका छन् ।
स्वच्छ प्रणालीबाट छनौट गर्ने सरकारले भनिरहेका बेला कोही कतैबाट घुस र कमिसन दिएर ईजरायल जाने नाम छनौटको प्रयास नगरौँ । भ्रष्टाचार आफैबाट हुन नदिने काम गर्नु पर्छ, एक युवाले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी