सेप्टेम्बर ११ अमेरीकाको जुम्ल्याहा गगनचुम्बी भवन र पेन्टागनमा भएको आत्मघाती विमान आक्रमण भएको दिन जसलाई संसारले अझै पनि कहालीलाग्दो र डरलाग्दो घटनाका रुपमा स्मरण गर्दछन् ।
ठ्याक्कै आजकै दिन २००१ मा मंगलबारको दिन थियो । अमेरीकाको स्थानीय समय अनुसार बिहानै वल्र्ड ट्रेड टावरमा दुई वटा आत्माघाती सबै भन्दा ठूलो आत्मघाती आक्रमण भयो । जसमा हजारौँ मानिसहरु मारिए । यो घटना अमेरीकाका लागि मात्रै हैन दुनियाकै लागि त्रासदीपूर्ण थियो ।
अलकायदाका १९ आत्माघाती दस्ताले त्यस दिन चार वटा विमान अपहरण गरेर हमलाका लागि प्रयोग गराएको थियो । पहिलो बिमान स्थानीय समय अनुसार बिहान ८ बजे उत्तरी टावरमा ठोक्काईयो । दोस्रो विमान ९ बजेर ३ मिनटमा दक्षिणी टावरबाट ठोक्काईयो । त्यसपछि दुबै टावरमा आगो लाग्यो । २ घण्टा भित्रै दुबै गगनचुम्बी भबन ढले ।
त्यसपछि ९ बजेर ३७ मिनेटमा अर्को बिमान पेन्टागन स्थित रक्षा मन्त्रालयको भवनमा टकरायो । चौथो विमान पेन्सिलवानीयामा दुर्घटना गराईयो । यो विमान पनि क्यापीटल हिलमा ठोक्काउने आक्रमणकारीले योजना बनाएका थिए तर सकेनन् ।
यस घटनामा १९ चरमपन्थी बाहेक २९७७ मानिसको मृत्यु भयो । ती मध्य धेरै जसो न्युयोर्क सिटीमा मारिए । चार वटा विमानमा २४६ जना चालक दलका सदस्य र यात्री थिए ती सबैको मृत्यु भयो ।
गगनचुम्बी भवन ढल्दा २६०६ जनाको मृत्यु भयो । पेन्टागनमा १२६ जनाको मृत्यु भयो । यस घटनामा २ देखि ८२ वर्ष सम्म उमेरका मानिसको ज्यान गयो ।
एउटा अनुमान अनुसार विमान टावरमा ठोक्किदा १७ हजार ४०० मानिस त्याहाँ थिए । उत्तरी टावरको छतमा रहेका कोही पनि जीवित रहेनन् भने दक्षिणी टावरका १८ जना बाहेक सबैको मृत्यु भयो ।
यसमा कुल ७७ देशका नागरिकको मृत्यु भयो । भवन ढल्ने क्रममा मात्रै ४४१ मानिसको मृत्यु भएको थियो । घटनामा हजारौँ घाईते भएका थिए ।
अफ्गानिस्तानबाट अलकायदाले यो हमलाको योजना बनाएको थियो । ओसामा विन लादेनले मुस्लिम देशमा चलेको संघर्षका लागि अमेरीका र उसको पछि लाग्ने देशहरुलाई दोषी देखाएका थिए ।
अलकायदाको १९ जनाको दस्ताले यो हमला गराएका थिए । ती मध्य तीन वटा बिमानमा ५ ५ जना र एउटा विमानमा चार जना थिए । चार जना हमलावार रहेको बिमान भने क्रयास गराईएको थियो ।
त्यस मध्य १५ जना साउदीका थिए भने दुई जना युएईका र एक एक जना मिश्र र लेवनानका रहेका थिए ।
यो हमलापछि अमेरीकी तात्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले अलकायदा र ओसामा विन लादेनलाई समाप्त पार्ने घोषणा गरे । तत्कालै उनले अफ्गानिस्तानमा आक्रमणको आदेश दिए ।
करीब १० वर्ष पछि अमेरीकी सेनाले ओसामा विन लादेनलाई पाकिस्तानमा मारीदियो । यो हमलाका अर्का योजनाकार मानिएका खालीद शेख २००२ मा पाकिस्तानमा हिरासतमा राखिए । उनलाई अमेरीकाले ग्वान्टानामो बेमा रहेको खतरनाक जेलमा राख्यो । अहिले सम्म उनको मुद्धाको सुनुवाई भएको छैन ।
अमेरीकाको २० वर्ष लामो संघर्षका बाबजुद अलकायदा अझै सक्रिय रहेको छ ।
अहिले वल्र्ड ट्रेड टावर नयाँ ढाँचामा ठड्याईएको छ । यसलाई अहिले ट्रेड हैन फ्रिडम टावर नाम दिईएको छ ।