कुवेतमा बालुवाको ढिस्कोले पुरिएर झापाका दुई युवाको मृत्यु

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर झापाका दुई युवाको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ । कुवेतमा विमानस्थलको भूमिगत पाईप मर्मत गर्दै गरेका दुई नेपाली युवाको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । टर्मिनल पाईप मर्मतको क्रममा उनीहरु बालुवाको ढिस्को खसेर पुरिएका थिए ।
कुवेत सिटीस्थित नेपाली दूतावासकाअनुसार मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी हुन् । सोही घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ ।

नेपाली दूतवासले एक विज्ञप्ति जारी गर्दै घटनामा परी दुःखद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।
घाईतेको अवस्थाका बारेमा पनि राजदुतावासले जानकारी लिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी