जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी, १८ भदौ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने भएका छन् । गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो ।

प्रधानमन्त्री सुगामाथि सर्वसाधारणको समर्थन ह्वात्तै घटिरहेका बेला उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण जापान नराम्रोसँग प्रभावित छ । अहिलेसम्म १५ लाख जापानी कोरोनाबाट संक्रमित भएका छन् । कोभिडबीच ओलम्पिक खेल आयोजना गर्ने सरकारको घोषणा अलाेकप्रिय सावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ