भारत नियन्त्रित कास्मीरका पृथकतावादी नेताको निधन, भारतद्धारा कास्मीरको ईन्टरनेट सेवा बन्द

भारत नियन्त्रित कास्मीरका पृथकतावादी नेताको निधन, भारतद्धारा कास्मीरको ईन्टरनेट सेवा बन्द

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कश्मिरका पृथकतावादी नेता सइद अली गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार श्रीनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

गिलानीको मृत्युपछि सम्भावित हिंसालाई मध्यनजर राख्दै कश्मिरको मुख्य सहर श्रीनगरका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले गिलानीको घरनजिकको सडकमा काँडेतार र अवरोध राखेको छ । भारतले कास्मीरमा ईन्टरनेट सेवा समेत बन्द गरेको छ ।

पाकिस्तानले गिलानीको मृत्युप्रति शोक व्यक्त गरेको छ । प्रधानमन्त्री इमरान खानले गिलानीलाई ‘स्वतन्त्रताका योद्धा’ भन्दै उनको मृत्युबाट पाकिस्तान सरकार दुःखी भएको बताएका छन् । गिलानीले आफ्नो सम्पूर्ण जीवन जनता र उनीहरुको अधिकारका लागि लडेको खानले उल्लेख गरेका छन् ।

गिलानीले करिब १० वर्ष जेल जीवन बिताएका थिए । जमात(आई(इस्लामी पार्टीको तर्फबाट उनी भारत प्रशासित कश्मिरमा १५ वर्षसम्म विधान सभा सदस्य बने । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा जमात(आई(इस्लामीमाथि प्रतिबन्ध लगाएको थियो ।

गिलानीले झन्डै दुई दर्जन विखण्डनकारी पार्टीहरुको छाता संगठन अल पार्टिज हुरियत कन्फरेन्सको नेतृत्व गरेका थिए । उनले कश्मिरबारे हुने जुनसुकै वार्ताको विरोध गर्थे ।

भारत र पाकिस्तानले मुसलमानहरुको बाहुल्यता रहेको कश्मिरलाई आ–आफ्नो दाबी गर्दै आएका छन् । पृथकतावादी आन्दोलनका कारण भारत प्रशासित कश्मिर विगत तीन दशकदेखि अशान्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ