इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं, १६ भदौ। आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो । इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।

नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी