अमेरीकामा भीषण आँधी, हजारौँ विस्थापित, विद्युत आपुर्ति बन्द

अमेरीकामा भीषण आँधी, हजारौँ विस्थापित, विद्युत आपुर्ति बन्द

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी भदौ १४ । अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । घटनामा एक जनाको मृत्यु भएको छ । अहिले सो क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । जनजीवन अत्यन्त प्रभावित भएको बताईएको छ । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको छ ।
सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि न्यू ओलीन्स शहरमा बाढी रोक्न विशेष संरचना बनाईएको थियो ।

यो संरचनाले अहिलेसम्म इदा आँधीले ल्याएको बाढी रोक्न सफल भएको बताईएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएको जिकीर गर्दै सचेत रहन सर्वसाधारणलाई अपील गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ