अमेरीकी राष्ट्रपति जो बाईडेनले अफ्गानिस्तान स्थित अन्तराष्ट्रिय विमानस्थलमा अर्को आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । यस्तो हमला आउदो ३६ घण्टा भित्र हुन सक्ने बाईडेनले चेतावनी दिए ।
केही दिन अघि आईएसआईएस के ले गरेको आक्रमणमा १३ अमेरीकी सेना सहित १७० जनाको ज्यान गएको थियो ।
त्यसपछि आक्रमणका योजनाकारलाई ड्रोन आक्रमणमा मारेको अमेरीकाले दाबी गरेको थियो । तर पुनः अर्को हमलाको चेतावनी अमेरीकाले जारी गरेको हो ।
३१ अगष्ट सम्ममा सबै उद्धार उडान अन्त्य गर्ने तयारी भईरहेका बेला आक्रमणका चेतावनीहरु आईरहेका छन् ।
काबुलमा तालेवानले कब्जा गरेपछि अफ्गानिस्तान छाड्न चाहेका लाखौँ विदेशी तथा अफ्गानी नागरिकको उद्धार जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline