काबुल एयरपोर्ट अझै अमेरीकी सेनाको नियन्त्रणमा, रुसद्धारा तालेवान सत्तालाई समर्थन

काबुल एयरपोर्ट अझै अमेरीकी सेनाको नियन्त्रणमा, रुसद्धारा तालेवान सत्तालाई समर्थन

  • मङ्लबार, भदौ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

तालेवानले अफ्गानिस्तान कब्जा गरेपछि विदेशी शक्तिकेन्द्रबीच त्यस विषयलाई लिएर मतभेद देखा परेको छ । अमेरीका सहित पश्चिमा राष्ट्रहरुले तालेवानको बिरोध गरीरहेका बेला रुसले औपचारीक समर्थन गरेको छ । सँयुक्त राष्ट्रसंघको बैठकमा अफ्गानिस्तानका लागि रुसी रादजुद दिमित्री हीरनोभले तालेवानले सत्ता लिएपछि अफ्गानिस्तानमा विगत २४ घण्टामा थप शान्ति कायम भएको भन्दै अब मान्यता दिएर अगाडी जान राष्ट्रसंघलाई आव्हान गरे ।
उनले अब आरोप प्रत्यारोपको समय नभएको भन्दै मानव अधिकारको रक्षाका लागि संसाधनको उपयोग गर्नु पर्ने बताए ।
उता अमेरीकी राष्ट्रपति जो बाईडेनले अफ्गानिस्तानको वर्तमान अवस्थाका लागि अमेरीका जिम्मेवार नभएको बताएका छन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै अमेरीकाको मिसन केन्द्रीय लोकतन्त्र बनाउने वा राष्ट्र निर्माण नभएर अमेरीकामा हुने आतंकवादी हमला रोक्ने मात्र रहेको भन्दै सोही देशका नेताहरु वर्तमान स्थितिको लागि जिम्मेवार रहेको बताए ।
यस अघि नै चीनले तालेवानसँग मिलेर अफ्गानिस्तानको पुननिर्माणमा सहयोग गर्ने बताईसकेको छ ।
पाकिस्तानले पनि तालेवानलाई समर्थन दिएको छ ।
अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागीसकेका छन् ।
अफ्गानिस्तानको अन्तराष्ट्रिय विमानस्थल भने अझै पनि अमेरीकी सेनाको नियन्त्रणमा रहेको छ । अमेरीकाले थप सैन्य बल एयरपोर्ट सञ्चालनका लागि पठाँउदैछ । विदेशी नागरिक र आफ्ना नागरिकलाई सुरक्षित रुपले निकाल्न अमेरीकाले यो मिसन सञ्चालन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ