तालेवानले अफ्गानिस्तान नियन्त्रणमा लिएपछि चीनले प्रतिकृया दिएको छ । चीनीया विदेश मन्त्रालयले अफ्गानी जनताको आफ्नो भाग्य र भविष्य फैसला गर्ने अधिकारको सम्मान गर्ने बताएको छ ।
यस अघि तालेवान नेताहरुले चीन भ्रमण गरेका थिए । अमेरीका सहित पश्चिमा देशहरुले तालेवानको बिरोध गरीरहेका बेला चीनको यो प्रतिकृया आएको हो ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता हुआ चिनियाङले अफ्गानिस्तानको विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको भन्दै दुतावासको काम जारी राख्ने बताईन ।
अफ्गानिस्तानको शान्ति स्थापना र पुननिर्माणमा सहयोग गर्ने पनि उनले बताईन् ।
यसैबीच रुसी दुतले भोली तालेवानका नेताहरुसँग भेटवार्ता गर्ने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline