तालेवानद्धारा अफ्गानिस्तानमाथि बिजयको घोषणा, अब ईस्लामिक देश बनाउने

तालेवानद्धारा अफ्गानिस्तानमाथि बिजयको घोषणा, अब ईस्लामिक देश बनाउने

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

२० वर्षदेखि युद्ध गरीरहेको तालेवान लडाकुहरुले अफ्गानिस्तानमाथि बिजयको घोषणा गरेका छन् । राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति सलेह देश छाडेर ताजिकिस्तान तर्फ भागीसकेका छन् । लडाकुहरुले काबुल पनि नियन्त्रणमा आएको घोषणा गरेका छन् ।
उनीहरुले अफ्गानिस्तानलाई ईस्लामिक स्टेट घोषणा गर्दैछन् । अमेरीकी सेनाले अफ्गानिस्तान छाडे लगत्तै तालेवान सत्तामा पुगेको छ ।
अमेरीका, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकले सँयुक्त विज्ञप्ति जारी गरी सबै विदेशी नागरिक र अफ्गानी नागरिकले पनि देश छाड्न चाहेमा जान दिन तालेवानलाई आग्रह गरेको छ ।
अब तालेवानले शीर्ष नेतालाई अन्तरीम राष्ट्रपति घोषणा गर्ने तयारी गरेको छ । तालेवान लडाकुहरु राष्ट्रपति भवन पसेर विजयको घोषणा गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ