तालेवानले हत्या गर्ने खतरा महसुस गर्दै अफ्गानिस्तानका राष्ट्रपति घानीले छाडे देश

तालेवानले हत्या गर्ने खतरा महसुस गर्दै अफ्गानिस्तानका राष्ट्रपति घानीले छाडे देश

  • आइतवार, साउन ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

तालेवानले काबुल बाहेक सिंगो अफ्गानिस्तान कब्जा गरेर राजधानीलाई घेराबन्दी गरेपछि त्याहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अफ्गानी समाचार सुत्रका अनुसार रक्षामन्त्रीलाई कार्यबाहक जिम्मेवारी दिँदै उनले देश छाडेका हुन् । उनको साथमा क कसले देश छाडे भन्ने एकीन भएको छैन । उनी अफ्गानिस्तानबाट ताजिकिस्तान पुगेको सुत्रले दाबी गरेको छ ।
काबुलमा युद्ध लडेर थप हिंशा हुन नदिन शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि उनले देश छाडेको बताईएको छ । अर्कोतिर युद्धमा दमन गरेका कारण तालेवानले हत्या गर्न सक्ने अनुमानका कारण पनि उनले देश छाडेको हुन सक्ने आकंलन गरिएको छ ।
सत्ताच्युत भएको बीस बर्षपछि अफ्गानिस्तान तालेवानको हातमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ