एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ ।
भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।
भारतको लालकिल्लामा विशेष समारोह आयोजना गरिएको छ । यो समारोहमा राष्ट्रपति र प्रधानमन्त्री लगायत सहभागी छन् ।
यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको थियो । सो अवसरमा नेपालमा पाकिस्तानी दुतावासले विभिन्न कार्यक्रम गरेको थियो । आज भारतीय दुतावासले पनि विभिन्न कार्यक्रम गर्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline