अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालेवान बिरुद्ध सबै सुरक्षा बल र सेनालाई एक जुट पार्ने बताएका छन् । २० वर्षमा जनताले हाँसिल गरेको उपलव्धि गुम्न नदिने उनले सन्देश दिए । राष्ट्रका नाममा संवोधन गर्दै घानीले अब जनताको थप हत्या हुन नदिने, विस्थापित हुन नदिने र जनताको सुरक्षा र भविष्य सुनिश्चित गर्न ध्यान केन्द्रीत गरेको पनि उनले बताए ।
उनले आज राजीनामा दिन सक्ने अड्कलबाजीका बीच उनले राजीनामाको कुरा उठाएनन् । तालेवान विद्रोहीले निरन्तर प्रान्तहरु नै कब्जा गर्न थालेपछि अब काबुल नै कब्जा गर्न सक्ने अनुमानका साथ विदेशी राष्ट्रहरुले धमाधम आफ्ना नागरिकहरु फिर्ता लान थालेका छन् ।
स्थानीय नेता र अन्तराष्ट्रिय समुदायसँग पनि जारी युद्ध अन्त्य गर्ने विषयमा परामर्श भईरहेको र छिट्टै परिणाम आउने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline