खोप लगाएकाले पनि सार्छन् कोरोना भाइरस

खोप लगाएकाले पनि सार्छन् कोरोना भाइरस

  • बुधबार, साउन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी, काठमाडौं । अमेरिकाले खोप लगाएकाले पनि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउन फेरि सिफारिस गरेको छ ।

अमेरिकाको मासाच्युट राज्य नजिकैको केप कोड नामक प्रायद्धीपमा गरिएको अध्ययनको नतिजाका आधारमा अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले मास्क लगाउन नीतिगत सिफारिस गरेको हो ।

अध्ययनमा खोप लगाएका १२७ जनालाई समेटिएको थियो, जसमा कोरोनाको डेल्टा भेरियन्ट भाइरस भेटिएको थियो ।

उनीहरुले खोप नलगाएका तथा आंशिक रुपमा खोप लगाएका मानिसले सार्ने अनुपातमै अन्यलाई भाइरस सारेको अध्ययनले देखाएको छ ।

केप कोडमा जुलाई ४ मा आयोजना गरिएको स्थानीय उत्सवमा सहभागी ४३० जनामा भाइरस संक्रमण भएके थियो । उच्च भाइरल लोडका कारण संक्रमणको उच्च जोखिम देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ