इतिहास रच्दै एनरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

इतिहास रच्दै एनरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

  • सोमवार, साउन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पेरिस: पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ ।
अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत दर्ता गरिन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए । अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हटाएकी हुन् ।
यस अघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन्। उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।
निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए ।
यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी