युरोपेली युनियनका १६ सांसदले भारत प्रशासित कास्मीरमा गंभीर मानव अधिकार हनन् भएको भन्दै गंभीर चिन्ता व्यक्त गरेका छन् । युरोपेली १६ सांसदले कमिसनका अध्यक्ष र उपाध्यक्षलाई पत्र लेखेर भारत नियन्त्रित कास्मीर तर्फ ध्यानाकर्षित गराएका छन् ।
ह्युमन राईट्स वाचको वल्र्ड रिपोर्ट २०२१ मा काश्मीरको बिषय उल्लेख भएको पनि
पत्रमा लेखिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले २०१९ अगष्ट ५ मा कास्मीरको स्वायत्तता खारेज गरेसँगै मानव अधिकार हनन बढेको समाचारमा उल्लेख छ ।
कास्मीरलाई केन्द्र प्रशासित प्रदेशमा गाभेसँगै मोबाईल, ईन्टरनेट बन्द गर्नुका साथै सँयौ नेता कार्यकर्ता गिराफ्तार गरेका थिए । त्यसपछि भारतले कास्मीरमा सख्त लकडाउन गरेका कारण पनि कास्मीरीहरुको जीवन थप मुस्किलमा परेको दाबी सांसदहरुको पत्रमा छ ।
कास्मीरका कारण दक्षिण एशियामा शान्ति सुरक्षा समेत खतरामा रहेको पत्रमा लेखिएको छ । कास्मीर विवादकै कारण दुई परमाणु शक्ति सम्पन्न राष्ट्रका बीच आगो भड्किन सक्ने चिन्ता सांसदहरुले जनाएका छन् ।
सँयुक्त राष्ट्रसंघको प्रतिवद्धता कार्यन्वयनका लागि माहौल बनाउन पनि उनीहरुले माग गरेका छन् ।
यो पत्रको पाकिस्तानले स्वागत गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।