अमेरीकामा नागरिकले खोप लगाउन नमानेपछि एक सय डलर दिने अफर

अमेरीकामा नागरिकले खोप लगाउन नमानेपछि एक सय डलर दिने अफर

  • शुक्रबार, साउन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

अमेरीकामा अधिकाशं नागरिकले खोप लगाउन नमानेपछि राष्ट्रपति जो बाईडेनले खोपका लागि नयाँ अफर ल्याएका छन् । उनले खोप लगाउनेलाई एक सय डलर नगद दिने घोषणा गरेका छन् । पर्याप्त खोप भएर पनि नागरिकहरुले लगाउन चाहिरहेका छैनन् ।
यस अघि विभिन्न राज्यमा खोप लगाउन आउनेलाई एक खिल्ली गाँजा दिने घोषणा समेत भएको थियो ।
बाइडनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीबार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए। उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ।

बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी