चीनसँग संभावित तनावलाई ध्यान दिदै भारतले पूर्वी सीमामा तैनाथ गर्यो राफेल लडाकु विमान

चीनसँग संभावित तनावलाई ध्यान दिदै भारतले पूर्वी सीमामा तैनाथ गर्यो राफेल लडाकु विमान

  • बिहिबार, साउन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चीनसँग हजारौँ किलो मिटर सीमा विवाद रहीरहेको र गतिरोध कायम रहेका बेला भारतले पूर्वी मोर्चालाई ध्यान दिदै फ्रान्सबाट खरीद गरिएको अत्याधुनिक राफेल लडाकु विमान तैनाथ गरेको छ । भारतले पश्चिम बंगालको हासीमारामा राफेल विमान बुधबार तैनाथ गरेको छ । त्याहाँ रुसबाट खरीद गरिएको मिग २७ लडाकु विमानलाई सेवामुक्त गर्दै राफेल तैनाथ गरिएको भारतीय वायुसेनाले जनाएको छ । यो अड्डा डोकलाम नजिक पर्छ जहाँ चीन र भारतबीच २०१७ मा घम्सा घम्सी परेको थियो । यो भुटानको सीमाना नजिक पनि हो ।
भारतीय वायुसेना प्रमुख मार्सल आर के एस भदौरीयाले पूर्वी क्षेत्रमा शक्ति मजबुत बनाउन महत्वपूर्ण भएकाले हासीमारामा यो तैनाथ गरिएको बताए ।
भारतले यस अघि अम्बालामा राफेल तैनाथ गरेको छ ।
भारतले फ्रान्सबाट ३६ वटा राफेल लडाकु विमान खरीद गरेको छ ।
चीनसँग लद्धाखमा भएको हिंसात्मक झडपपछि दुबै देशले सीमा क्षेत्रमा हवाई तथा सैन्य गतिविधि जारी राखेका छन् । सैन्य एवं राजनीतिक स्तरमा वार्ता जारी रहेपनि ३४०० किलो मिटर बढी सीमा विवादमा रहेका दुबै देशले अझै समस्या समाधान गर्न सकेका छैनन् ।
केही समय अघि चीनीया राष्ट्रपतिले तीस वर्षपछि तिव्वतको भ्रमण गरेको बिषयलाई भारतले चिन्ताका साथ हेरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ