एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाईते भएका छन् । लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक किनारमा रोकि राखेको अवस्थाामा पछाडिबाट बसलाई ठक्कर दिएको थियो ।
बसमा १ सय ४० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline