इजरायलले नेपालबाट एक हजार जना श्रमिक माग गरेको छ। बृद्ध बृद्धाको स्याहारका लागि केयरकिभरको रुपमा नेपालीलाई लैजान लागिएको हो ।
यसका लागि केही दिनमै विज्ञापन खोल्ने तयारी बैदेशिक रोजगार विभागले गरेको छ ।
विज्ञापन खोलेको २१ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।
इजरायल र नेपालबीच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ। यसर्थ हजार जनाका लागि विज्ञापन खुलाउँदा एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिने विभागले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline