भियतनाममा १५ दिनका लागि लकडाउन घोषणा

भियतनाममा १५ दिनका लागि लकडाउन घोषणा

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी, १० साउन । भियतनाममा कोरोना संक्रमण दर बढेपछि १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

भियतनामको दक्षिणी मेर्कोग क्षेत्रमा डेल्टा भेरिएन्ट फैलिएको भन्दै नियन्त्रणका लागि १५ दिनका लागि लकडाउन घोषणा गरिएको भियतनाम सरकारले जनाएको छ ।

लकडाउनको अबधि भर दुई जना भन्दा बढी भेला हुनमा रोक लगाइएको छ भने सरकारी कार्यालय सम्म बन्द गरी घरबाट नै काम गर्न निर्देश गरिएको छ । ब्यापार ब्यबसाय पुर्ण रुपमा ठप्प पारिएको छ ।

भियतनाममा गत सातादेखि बिदेश भ्रमणमा रोक लगाएको नियमलाई आगामी १५ दिनसम्म कायम राखिएको छ । भियतनाममा पछिल्लो समय ७० जना संक्रमित थपिएका छन् ।

भियतनाममा कोरानाले हालसम्म ३ सय ७० जनाको मृत्यु भइसकेको छ भने ९० हजार ९ सय बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ