अमेरीकालाई टक्कर दिन रुसले बनायो खतरनाक लडाकु विमान चेकमेट

अमेरीकालाई टक्कर दिन रुसले बनायो खतरनाक लडाकु विमान चेकमेट

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

अमेरीका र युरोपसँग संभावित सैन्य टकराबको स्थिति पैदा हुँदै गएका बेला रुसले अहिले सम्मकै सबै भन्दा अत्याधुनिक लडाकु विमान सुखोई चेकमेट सार्वजनिक गरेको छ ।
पाचौँ पुस्ताको यो युद्धक विमानले अमेरीकाको स्टेल्थ फाईटर जेट एफ ३५ लाई टक्कर दिनेछ । यसलाई राडारले समेत पकडमा लिन सक्ने छैन भने यो सुपरसोनिक गतिमा उडान भर्न सक्नेछ ।
राष्ट्रपति भ्लादीमीर पुटिनले एमएसकेएस २०२१ एयर सोमा यो घातक लडाकु विमानको निरीक्षण गरेका छन् ।
यो विमान रुसको चर्चित कम्पनी सुखोईले बनाएको हो । यसमा एनटी मिसाईल, एन्टी सिप मिसाईल जस्ता घातक हतियारहरु राख्न सकिनेछ । यो विमावनले ५४ हजार फिटको उचाईबाट हमला गर्न सक्नेछ ।
यो विमान सन् २०२६ देखि निर्यात गर्ने समेत रुसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी