फोनिज जापानको आयोजनामा जापानमा नेपाली पत्रकारिताको अबस्था सम्भावना र चुनैातीबारे बृहत छलफल कार्यक्रम सम्पन्न

फोनिज जापानको आयोजनामा जापानमा नेपाली पत्रकारिताको अबस्था सम्भावना र चुनैातीबारे बृहत छलफल कार्यक्रम सम्पन्न

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापानको आयोजनामा जापानमा नेपाली पत्रकारिताको अबस्था सम्भावना र चुनैातीबारे बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । जुम भर्चुअल माध्यममार्फत आज सम्पन्न कार्यक्रममा जापानमा रहेर बिभिन्न नेपाली अनलाइन तथा संचारमाध्यमहरुमा कृयाशिल करिव १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा सहभागिहरुले कोरोना महामारीको कारण जापानमा नेपाली पत्रकारिताको अवस्था अन्यक्षेत्रहरुको जस्तै खस्किदै गइरहेपनि जापानमा रहेका नेपाली पत्रकारिताको मोडेलमा पनि परिवर्तन हुदै गएको ,यहाँ रहेका नेपाली पत्रकारहरुको मुख्य पेशा पत्रकारिता नभएपनि नेपालमा गरेको कर्मको नशा छोडीहाल्न नसकी रहरको पत्राकरिता गर्नेहरु बढी रहेको र नेपाली पत्रकारहरुले हतार र रफ्तारमा समाचार तथा सुचनाहरु संप्रेषण गर्दा अनेकैा भाषागत त्रुटि तथा अशुद्धहरु देखिएको साथै सामाजिक संजाल र न्युज पोर्टलमा लेखिने सामग्री एउटै अनि एउटै खालको समाचार सबै अनलाइनहरुले राख्ने प्रबृति बढिरहेकोले समाचार तयार गर्दा सर्टिफाइ अनि रचनात्मक हुनुपर्ने ,आग्रह तथा पुर्वाग्रहमा नरही कलम चलाउनुपर्ने अनलाइन पोर्टलहरु ब्यक्तिपिच्छे संचालन भएतापनि पेशागत हकहितको नीम्ति सबैजना एकरुपता भइ हामीले गरेको पत्रकारिताले भोलीका नयाँ पुस्ता अथवा जापानबारे जानकारी लिन चाहने युवाहरुलाइ कतिको सघाउ पुर्याउने खालको छ भन्ने बारेमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा फोनिज केन्द्रका अध्यक्ष डण्ड गुरुङले बिगतमा जस्तो पत्रकारिता पेशा गर्नको लागि प्लेटफमको खाँचो नभएपनि ब्यबसायिक रुपमा यो पेशामा टिकिरहन प्रभावकारी र दक्ष सावित गर्न उतिकै चुनैाति रहेको बताउनुभयो । साथै उहाँले बिश्व ब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण अन्य पेशा ब्यबसायहरु झै पत्रकारिता क्षेत्रमा नराम्रो असर परेकोले सबै पत्रकारहरुलाइ स्वास्थ्यप्रति सचेत रही कर्म गर्न अनुरोध समेत गर्नभयो । महासंघका सचिव सजिना मोक्तानले संचालन गर्नुभएको अैापाचारिक कार्यक्रमको बिशेष अतिथिहरुमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले नेफिन जापानका अध्यक्ष सन्जिव राइ रहनुभएको थियो कार्यक्रम फोनिज जापानका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाइ आयोजकको तर्फबाट सबिन बाबु मगरले सबै अतिथिहरुलाइ शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी