अमेरिकाले दिएको पाँच लाख खोप भुटानलाई प्राप्त

अमेरिकाले दिएको पाँच लाख खोप भुटानलाई प्राप्त

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नयाँ दिल्ली, २८ असार । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको पाँच लाख खोप भुटानलाई प्राप्त भएको छ ।

भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप आइपुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले भुटानलाई मोटर्ना खोप उपहारस्वरूप प्रदान गरेको हो ।

भारतस्थित अमेरिकी दूतावासले पनि वक्तव्य प्रकाशित गर्दै कोरोनाभाइरसको महामारी न्यूनीकरण गराउन सहयोग गर्ने अमेरिकी सरकारको नीतिअनुसार खोप प्रदान गरिएको जनाएको छ ।

वक्तव्यमा लेखिएको छ, “हाम्रो लामो समयदेखिको मित्र भुटान र त्यहाँका जनतालाई दुःखको बेलामा सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ, यसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ ।”

अमेरिकाले कोरोनाभाइरसको महामारी व्यवस्थापन गर्नका लागि भुटानलाई यसअघि १० लाख अमेरिकी डलरसमेत सहयोग गरेको थियो ।

महामारी सुरु भएपछि देशको स्वास्थ्य सेवा विस्तारका लागि भन्दै अमेरिकाले भुटानलाई सहयोग गरेको हो । त्यसअन्तर्गत स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, उपकरण, प्रयोगशालालगायतका कार्य गर्न अमेरिकाले अनुरोध गरेको थियो ।

अमेरिकाले भुटानलाई अक्सिजन सिलिण्डर, मास्क, स्वास्थ्य उपकरणहरू, सवारी साधनहरू, भेन्टिलेटरहरूलगायत पनि उपलब्ध गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ