मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल

मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

टोकियो, २८ असार । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ ।
जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो ।

जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको भागको रूपमा १० वटा स्थलहरूमा छापा मारेका थिए ।

मित्सुबिशी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिबाना सूचना जारी गरेको जनाएको छ ।

फर्मका प्रवक्ताले एएफपीलाई भने,“हामीले राम्रो जानकारीकोविरूद्ध अपील भने गरेका छैनौं ‘जरिबाना रकम’ मार्चको अन्त्य पहिल्यै भुक्तान गरिएको थियो ।

उत्सर्जन उल्लङ्घनहरू ‘जानाजानी वा इच्छापूर्वक गरिएको थियो’ भन्ने बिषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको उहाँले बताउनुभयो ।

ब्लुमबर्ग न्यूजले यसैबीच फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको उल्लेख गरेको छ ।

मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लूमबर्गले लेखेको छ ।

यस छानवीनले १।६ र २।२ लिटर ईन्जिनसहितका मित्सुबिशी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीहरूलाई उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम यूरो–५ र यूरो–६ गुणस्तर दर प्राप्त गरेको थियो ।

अभियोजकहरूले ईन्जिनहरू तथाकथित ‘शटडाउन’ उपकरणद्वारा बनेका छन् ताकि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्दछन् ।

सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर स्थापना गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ