रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले बेलायत र अमेरीकाले आफ्नो मुलुकलाई युद्धका लागि उकासीरहेको भन्दै चेतावनी दिएका छन् ।
बेलायती युद्धपोत एचएमएस डिफेंडर रुसको क्रिमियाको किनारामा पुगेको बिषयलाई पुटिनले संकेत गर्दै बेलायत र अमेरीकाले युद्ध जीत्न नसक्ने दाबी पनि गरेका छन् । यो युद्धपोत रुसी जलक्षेत्र नजिक पुगेपछि रुसी सेनाले चेतावनीपूर्ण फायर गरेको थियो । जुन २३ मा यो घटना भएकै दिन अमेरीकी जासुसी विमान समेत उडेको र यो त्यसैको हिस्सा भएको पुटिनले बताए ।
अमेरीका र बेलायतले युक्रेनमा सैन्य आधार शिविर निर्माण गर्न खोजेको पनि पुटिनको आरोप छ ।
राष्ट्रिय टेलिभिजनमा बोल्दै पुटिनले यदी रुसले बेलायतको युद्धपोत डुबाईदिएको भए पनि तेस्रो विश्व युद्ध हुने संभावना भने नरहेको बताए । किन कि बेलायत र अमेरीकालाई थाहा छ कि उनीहरुले यो युद्ध जीत्ने छैनन् । पुटिनले भने ।
पुटिनले आफूहरु आफ्नो जमिनको रक्षाका लागि जस्तो सुकै युद्ध लड्न सक्ने पनि चेतावनी दिए ।