कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमै गोली प्रहार

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमै गोली प्रहार

  • आइतवार, असार १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपति चढेको हेलिकप्टरमाथि गोली प्रहार भएको छ ।
राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको जनाएका छन्।

उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन्।

डुकले आक्रमण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको समाचार संस्था एपीले जनाएको छ।

म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आक्रमण भएको थियो,’ राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ।

हेलिकप्टरको क्षमताले ठूलो दुर्घटना हुनबाट बचाएको उनको दाबी छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गोलीका दागहरू देखिन्छन्।
राष्ट्रपतिको हेलिकप्टरमाथि आक्रमण भएको भनिएको क्षेत्रमा धेरै हतियारधारी समूहहरू सक्रिय छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ