जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग

जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

टोकियो, १० असार । जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ ।

चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्वन्धी विद्यमान कानुनमा पनि संशोधन गर्न आवश्यक रहेको समेत जनाएको छ ।

पुरानोको कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भइरहेको र कतिपय नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको भनाई छ ।

कानुन संशोधन र साइवर सम्वन्धी ठूला समस्या समाधानका लागि छुट्टै निकाय गठन गराउने बारेमा प्रहरीको केन्द्रीय कार्यालयबाट आन्तरिक गृहकार्य भइरहेको पनि समाचारमा जनाइएको छ ।

साइबर र इन्टरनेटसम्वन्धी नयाँ नयाँ र ठूला तथा गम्भीर प्रकृतिका समस्याहरु धेरै आउन थालेकाले यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रहरीले कतिपय नयाँ विषयहरुमा पर्याप्त र प्रभावकारी अनुसन्धान गर्न नजान्दा अपराधीहरुले प्रमाण नस्ट गर्ने गरेको र दोषी पत्ता लगाउन गाह्रो भएको प्रहरीले जनाएको छ ।

साइबर सम्वन्धी नयाँ विभाग गठन भएमा त्यसले सूचना संकलन गर्ने, विश्लेषण गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने, साइबर नीतिलाई प्रभावकारी बनाउने, साइबर अपराधहरु न्युनिकरण गर्नेलगायतका कार्यमा सहयोग पुग्ने प्रहरी अधिकारीहरुको बुझाई छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेका एक जना चिनियाँ इन्जीनियरले जापानका विभिन्न कम्पनीहरुमा साइबर आक्रमण गरेको पत्ता लागेपछि प्रहरीले यस्ता अपराधहरु विरुद्ध कार्य गर्न छुट्टै विषेश विभागको आवश्यकता रहेको निश्कर्ष निकालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ