जुन २३ टोक्यो । नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रीय कमिटिको प्रथम अधिवेशन जुम भर्चुअलबाट सम्पन्न भएको छ । महासंघका संघीय अध्यक्ष जगत बराम ज्युको प्रमुख आतिथ्यतामा भएको अधिबेशनबाट भबिन्द्र राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
प्रथम अधिवेशनबाट भविन्द्र कुलुङ राईको नेतृत्वमा २२ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको थियो ।नव निर्वाचित नेफिन कान्साई कमिटीमा अध्यक्ष भबिन्द्र कुलुङ राई, उपाध्यक्षमा क्रान्ति तामाङ र रजन्ती साम्पागं राई(महिला), सचिवमा लोकमान पुनमगर सर्वसम्मत निर्वाचित भएका छन । यस्तै सह–सचिव दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा देउमान तमाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन ।
निर्वाचित कार्यसमितिका संयोजक भविन्द्र कुलुङ राईले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिहरुलाई धन्यबाद गर्दै आफ्नो कार्ययोजना समेत पेश गरेका थिए । आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा सहित यस कार्यक्रम सफल पार्नको लागि उपस्थित सम्पूर्ण अतिथि ज्युहरू,विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गरेका थिए ।
नेफिन कान्साई क्षेत्रीय कमिटिले आगामी दिनहरूमा आदिवासी जनजाती समुदायको क्षेत्रमा रचनात्मक कार्यक्रमहरु मार्फत सकारात्मक भूमिका निर्वाह गर्ने नेपाली समुदायमा नेफिनलाई फरक र नेतृत्वदायि भुमिकाको संस्थाको रुपमा बिकास गर्ने पनि अध्यक्ष राईले जानकारी गराए । उक्त कार्यक्रममा उपस्थित बिभिन्न ब्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।
अधिबेशनमा नेपाल आदिबासी जनजाति महासंघ केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्द छन्त्याल,आङकाजी शेर्पा, (आदिवासी जनजाती अभियान्ता), केन्द्रिय सदस्य नेकपा (माओवादी केन्द्र )अजम्बर काङमाङ राई, नेफिन जापानका पुर्व अध्यक्ष NRNA अभियान्ता ओम गुरूङ , NRNA जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ, जसपा जापानका अध्यक्ष पेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, NRNA जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रिय कार्यसमितिका अध्यक्ष रोशन राई, सचिब सन्तमान शाक्य , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापानका अध्यक्ष फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेफिन कान्साइसंगै नेपाल आदिवासी जनजाति महासंघ जापान को क्षेत्रिय समितिको संख्या ७ पुगेको छ ।