अफ्रिकाको बुर्किना फासोमा विद्रोही आक्रमण, ११ प्रहरीको मृत्यु

अफ्रिकाको बुर्किना फासोमा विद्रोही आक्रमण, ११ प्रहरीको मृत्यु

  • बुधबार, असार ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

९ असार, एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक चौकीमा विद्रोहीले आक्रमण गर्दा ११ जना प्रहरीको मृत्यु भएको छ ।
राहत वितरणका क्रममा हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।

आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकूहरुको सामना गरिरहेको छ ।

सो आक्रमणमा हालसम्म एक हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । विद्रोहीको निरन्तरको आक्रमणका कारण मालीको सीमा नजिकै मानविय संकट उत्पन्न भएको भन्दै दातृ निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएको समाचारमा जनाइएको छ ।

विद्रोहीको हिंसात्मक आक्रमणका कारण विस्थापित हुनुहरुमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ