एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

  • मङ्लबार, असार ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ८ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ । यस्तै कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, उद्यमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्नेलगायतका विषयमा सहमति भएकोे जनाइएको छ ।

समझदारीपछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्नेछन् । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरी अघि बढ्ने सङ्घले जनाएको छ । सङ्घले छ महिनादेखि आइओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी