अमेरिकाको अलबामा आँधी, नौ बालबालिकासहित १० जनाको मृत्यु

अमेरिकाको अलबामा आँधी, नौ बालबालिकासहित १० जनाको मृत्यु

  • सोमवार, असार ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

७ असार, एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ ।

गत शनिबार पनि अलाबामा राज्यमा आँधीमा परेर दुई जनाको मृत्यु भएको थियो । अत्यधिक वर्षासँगै आएको बाढीले अन्य केहीलाई बगाएको आशंकामा खोजी जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षा अझै केही दिन जार रहने भन्दै थप क्षति हुनबाट जोगिन मौसमविद्हरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ