जापानवासी नवलपुर समाजद्धारा अस्पताललाई एघार लाख बराबरको सहयोग

जापानवासी नवलपुर समाजद्धारा अस्पताललाई एघार लाख बराबरको सहयोग

  • आइतवार, असार ६, २०७८
  • बिश्वास आचार्य

  • 12.4K
    SHARES

जापान । नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पताललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागि शनिबार एक कार्यक्रमका वोच उपकरण हस्तान्तरण गरेको छ ।

समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा प्राकृर्तिक प्रकोप, शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र लगायत अरु बिभिन्न जिल्लामा आएका समस्याहरु मा सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवलपुर समाज जापान संस्थापक अध्यक्ष केशब पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयमा प्याथोलोजी ल्याव संचालन गर्न र विरामिलाई थप उपचारको लागी बाहिर जान नपरोस भन्ने उदेश्यले सहयोग गरिएको बताउनुभयो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालयमा भएका विरामीहरुलाई ल्याव नहुँदाको कारण थप उपचारको लागि नारायणगढ चितवन पठाउनुपर्ने बाध्यता हटेको भन्दै ल्याप स्थापनाको लागि उपकरण सहयोग गर्ने नवलपुर समाज जापानलाई धन्यबाद व्यक्त गर्नुभयो । संविधान सभा सदस्य महेन्द्रध्वज जि सीले विदेश पलाएन भएर पनि आफनो जन्मभुमिलाई आफुले पसिना बगाएर जम्मा गर्नुभएको रकमको केहि प्रतिशत सामुदायिक प्राकृतिक चिकित्सालयको लागि ल्याव सम्बन्धीका उपकरणहरु सहयोग गर्ने नवलपुर समाज जापानलाई आभार व्यक्त गर्नुभयो ।

सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरी सापकोटाले नवलपुरमा नै सर्व सुलभ हुने गरि ल्याव प्याथोलोजि संचालन गरिने बताउनुभयो । उहाँले लकडाउन खुकुलो भएमा पुरानो सेवामा फर्कर्ने बताउनुभयो ।कार्यक्रममा नवलपुर समाज जापानका कार्यसमिति महासचिब सुरेश सापकोटा, सचिब राजु भण्डारी, आरती गैरे, आजिवन सदस्य प्रमानन्द सापकोटा, मन्दिप सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालयका पूर्व निर्वाचन समिति २०७६र०७७ का गोविन्द प्रसाद गैरे संचालक समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी