एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित भएका छन् । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित बन्न सफल भएका छन् ।
उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रायसीले आगामी अगस्टमा सपथ लिएर कार्यभार सम्हाल्ने बताइएको छ ।
इजरायलले इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्नुपर्ने जनाएको छ ।
रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको हो ।
इजरायलको विदेश मन्त्रालयमन प्रवक्ता लियर हैतले नवनिर्वाचित राष्ट्रपति रायसीले यसअघि नै आणविक गतिविधि बढाउने संकेत गरेको भन्दै ईजरायलको टाउको दुखाई बनेको छ ।
रायसीले जनताको चाहना अनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।