इन्डोनेसियामा खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी

इन्डोनेसियामा खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी, ४ असार । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी भएको छ । खोप लगाएकालाई समेत कोरोना पुष्टि भएपछि सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ ।

इन्डोनेसियाको कुदुस जिल्लामा रहेका ५ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खोप अभियान सञ्चालन गरी खोप लगाईएकोमा उनीहरुमा एकैसाथ संक्रमण पुष्टी भएको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित चिकित्स र स्वास्थ्यकर्मीहरु मध्ये केहीको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ । इन्डोनेसियामा गत जनवरीदेखि कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

सो खोप लगाएका केहीमा कोरोना संक्रमण पुष्टी भएतापनि कुदुस जिल्लामा एकैसाथ कोरोना खोप लगाएकाहरुलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

यसअघि बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सिनोभ्याकलाई मान्यता दिंदै यो खोप लगाएका ब्यक्तिमा ५१ प्रतिशतलाई कोरोना संक्रमण नहुने स्पष्ट पारेको थियो । इन्डोनेसियामा १९ लाख ५० हजार कोरोना संक्रमित छन् भने ५३ हजार बढीको मृत्यु भइसकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ