रुस र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता, आणविक हतियार नियन्त्रणको विषयमा वार्ता थाल्न सहमत

रुस र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता, आणविक हतियार नियन्त्रणको विषयमा वार्ता थाल्न सहमत

  • बिहिबार, असार ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

३ असार, एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुस र अमेरिकाका राष्ट्रपति आणविक हतियार नियन्त्रणको विषयमा वार्ता थाल्न सहमत भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको स्वीट्जरल्यान्डको जेनेभामा भएको भेटवार्तामा आणविक क्षमता नियन्त्रणको विषयमा वार्ता अघि बढाउन सहमत भएका हुन् । दुई नेताबीच तिन घण्टासम्म चलेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेको छ ।

छलफलको क्रममा विश्वका दुई सर्वशक्तीशाली देशहरु आपसी विवाद र चासो छलफलमातर्फत टुंगाउन सकारात्मक देखिएका छन् ।
यसैगरि सन् २०२० को मार्चदेखि फिर्ता बोलाईएका राजदुतहरुलाई पुन मस्को र वासिङ्टन डिसीमा फर्काउन पनि दुई देशका नेताले सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको कथित हस्तक्षेपदेखि साइबर आक्रमण, युक्रेनमा रूसको भूमिकालगायतका विषयमा दुई देशबिच गम्भिर मतभेद छ ।

क्रेमलिनका आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई पनि अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ । भेटपछि अमेरिकी राष्ट्रपति बाइडेनले आपसी असहमतिलाई मर्यादिन भाषामा दुबै नेताले व्यक्त गरेको र रुस अमेरिकासँग नयाँ शितयुद्धको पक्षमा पनि नरहेको जानकारी गराउनुभयो ।

पुटिनले पनि अनुभवी राज्य संचालन बाइडेनसँग सकारात्मक छलफल भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशका राष्ट्रपतिबिच तिन वर्षमा पहिलो पटक भेवार्ता भएको हो ।

सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग भेटवार्ता गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ