म्यानमारमा सेना र स्थानीय गुरिल्लाको दोहोरो झडपमा पुरै गाउँ जलेर ध्वस्त, दुईको मृत्यु

म्यानमारमा सेना र स्थानीय गुरिल्लाको दोहोरो झडपमा पुरै गाउँ जलेर ध्वस्त, दुईको मृत्यु

  • बिहिबार, असार ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी, ३ असार । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप हुँदा एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । झडपमा परि २ जनाको ज्यान समेत गएको छ ।

म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको २ सय ४० घर मध्ये २ सय घर जलेर ध्वस्त भएको हो ।

सेनाले शासकिय ब्यबस्थाको बिरुद्धमा रहेको गुरिल्लामाथि धावा बोलेपछी दोहोरो झडप भएको अन्तराष्ट्यि संचार माध्यमले जनाएका छन् ।
झडपकै क्रममा सेनाले गुरिल्लाहरुको बसोबास रहेको गाउँमा अन्धाधुन्ध गोली प्रहार गरी आगजनी गरेपछी दोहोरो झडप भएको हो ।

यसैबीच, म्यानमारका लागि बेलायती राजदुत डान चुगले घटनाप्रति भत्र्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको बिरोध गर्नुभएको छ ।

निहत्था जनताको हत्यामा म्यानमारको सेना उद्दत भएको भन्दै राजदुत चुगले म्यानमारका जनताको जीवन रक्षाको जोडदार माग गर्नुभएको छ ।

म्यानमारमा सेनाले गत फेब्रुअरीमा सत्ता आफनो हातमा लिएदेखि राजनैतिक दल र सर्वसाधारणमाथिको दमन कायमै राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ