नेपाल तामाङ घेदुङद्वारा कोभिड-१९ को उपचार गर्न तामाङ चिकित्सक समाजलाई ३ लाख २ हजार १२१ रुपैयाँ आर्थिक सहयोग

नेपाल तामाङ घेदुङद्वारा कोभिड-१९ को उपचार गर्न तामाङ चिकित्सक समाजलाई ३ लाख २ हजार १२१ रुपैयाँ आर्थिक सहयोग

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं । नेपाल तामाङ घेदुङ,संघिय कार्यालय,काठमाडौंले घेदुङको विपत व्यवस्थापन कोषमा विभिन्न देशहरुस्थित अन्तर्राष्ट्रिय तामाङ परिषद सदस्य संस्थाहरु एवं नेपाल तामाङ घेदुङमा आवद्ध प्रवास शाखाहरुद्वारा गाउँ(गाउँमा कोभिड(१९ उपचार अभियानको निम्ति संकलित रु।३ लाख २ हजार १२१ रुपैयाँ आर्थिक सहयोग तामाङ चिकित्सक समाजलाई सोमबार सामाजिक दुरि कायम गरेर एक समारोहकाबीच हस्तान्तरण गरेको छ ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद९क्ष्त्ऋ०का वरिष्ठ उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष कुमार घिसिङ,महासचिव बाबू घिसिङ,कोषाध्यक्ष रुप योन्जन,नेपाल तामाङ समाज जापान९ल्त्क्व्० सल्लाहकार सरोज थिङ तामाङ,तामाङ चिकित्सक समाज सचिव डा।दीपेन लामा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

नेपाल तामाङ समाज जापान९ल्त्क्व्०की अध्यक्ष एवं सामाजिक अभियान्त रुबिना तामाङले कोभिडको यो विषम परिस्थितिमा ग्रामिण भेगमा रहेका तामाङ तथा अन्य समुदायमा कोरोना संक्रमणलाई न्यूनिकरण,उपचार गर्न,जनचेतना जगाउन अन्तर्राष्ट्रिय तामाङ परिषदसँग आबद्ध सदस्य संघसंस्थाहरु र नेपाल तामाङ घेदुङको प्रवास शाखा तथा सहयोगी दाताहरु क्रमशः नेपाल तामाङ समाज जापान रु।१ लाख ५ हजार २ सय,नेपाल तामाङ घेदुङ दक्षिण कोरिया रु।८१ हजार ९२१,नेपाल तामाङ घेदुङ कतार रु।३० हजार,नेपाल तामाङ घेदुङ साइप्रस रु।२५ हजार,नेपाल तामाङ घेदुङ बहराइन रु।२० हजार,नेपाल तामाङ घेदुङ मलेसिया रु।१५ हजार,तामाङ समाज युएई रु।१० हजार,युवा नेता महेश मोक्तान युएई रु।१० हजार र नेपाल तामाङ समाज जापान सल्लाहकार सरोज थिङ तामाङले रु।५ हजार गरि संकलित आर्थिक सहयोग नेपाल तामाङ घेदुङ संघिय विपत व्यवस्थापन कोषमा छोटो समयमा जम्मा गरि तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी