यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति

यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

१ असार, एजेन्सी । साउदी अरबले मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिने निर्णय गरेको छ ।

यसअघि हज यात्रामा जान कुनै पनि महिलालाई अभिभावक बिना जान अनुमति दिईएको थिएन । तर यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिने भएको हो ।

नयाँ नियम लागु भए अनुसार १८ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलाले हज यात्रामा जान चाहेको खण्डमा आफनो नाम दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

नाम दर्ताका लागि यही १३ जुन देखि २३ जुन सम्म १० दिनमा लागि समयसीमा तोकेको छ । यसका साथै कोरोना बिरुद्ध दोश्रो डोज लगाएका ब्यक्ति मात्रै हजमा जान पाउने नियम पनि लागु गरिएको छ ।

सउदी अरबले हरेक बर्ष लाखौं लाख सर्वसाधारण हजका लागि अनुमति दिने गरेकोमा यो बर्ष भने ६० हजारलाई मात्र हजका लागि अनुमति दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ